Logo
RANGASHALA NEWS
BREAKING NEWS
No breaking news available
Nepal Flag
Football
Football

एपीएफ महिला टिम फाइनल नजिक

December 14, 2025

रश्मिकुमारी घिसिङको गोलमा नेपाल एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिपमा कराँची सिटी फुटबल क्लबलाई १–० ले पराजित गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा रश्मीले ५२औं मिनेटमा मिडफिल्डर रेनुका नगरकोटीको पासलाई सदुपयोग गर्नु भएको थियो ।
राइट साइडबाट रेनुकाको क्रसलाई पेनाल्टी बक्सभित्र रहेकी रश्मीले हेडरमार्फत बललाई पहिलो बारको जाली चुमाईन् ।
जितसँगै एपिएफ फाइनलको नजिक पुगेको छ । हारसँगै कराँची प्रतियोगिताको फाइनल समीकरणबाट बाहिरिएको छ ।

Back
WhatsApp