Logo
RANGASHALA NEWS
BREAKING NEWS
No breaking news available
Nepal Flag
Football
Football

नेपालगन्ज–११ ‘सी’ डिभिजन लिग छनोट च्याम्पियन

December 14, 2025

नेपालगन्ज–११ स्पोटिङ क्लबले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोट प्रतियोगिता जितेको छ । सातदबाटोस्थित एन्फा कम्पलेक्समा आइतबार भएको फाइनल खेलमा सिन्धुपाल्चोक एफसीलाई २–० ले पराजित गर्दै छनोट प्रतियोगिताको उपाधि जितेको हो ।
यसअघि शुक्रबार सम्पन्न सेमिफाइनलमा मसुरिया फुटबल एकेडेमीलाई १–० ले हराउँदै नेपालगन्ज–११ स्पोटिङ क्लब सी डिभिजनको लागि छनोट भएको थियो ।
फाइनलमा पुगेका दुबै टिम नेपालगन्ज–११ स्पोटिङ क्लब र सिन्धुपाल्चोक एफसी यस वर्ष सी डिभिजन फुटबलमा प्रवेश गरेका छन् । गत शुक्रबारै सिन्धुपाल्चोकले शिवशक्ति युवा क्लबलाई ४–२ ले हराउँदै सी डिभिजनमा उक्लिएको थियो । फाइनलको उपाधि जितेपछि नेपालगन्ज–११ स्पोटिङ क्लबका अध्यक्ष घनश्याम थापाले यो उपलब्धी हासिल गर्न मिहिनेत गर्ने सम्पुर्ण खेलाडी, अफिसियललाई धन्यवाद दिए । नेपालगन्ज–११ प्रशिक्षक जनक केसीले अब क्लबले सी डिभिजनमा उत्कृष्ट प्रदर्शन गर्ने तयारी सहित गृह जिल्ला फर्कने बताउनु भयो ।

Back
WhatsApp