Logo
RANGASHALA NEWS
BREAKING NEWS
No breaking news available
Nepal Flag
Athletic
Athletic

गौघाट ग्रीन रनको उपाधि युवक र दीपशीखालाई

December 10, 2025

रंगशाला समाचारदाता
खजुरा, असोज २८ गते
जलवायु परिवर्तनको विश्व व्यापी मुद्दालाई स्थानीय तहमा जागरण फैलाउने उद्देश्यले आयोजित गौघाट ग्रीन रनको उपाधि युवकराज बुढा र दीपशीखा शाहीले जितेका छन् ।
एघार बर्षदेखि नियमित आयोजना हुँदै आएको धारा नेपालगन्ज म्याराथनको भगिनी इभेन्टका रुपमा गतबर्षदेखि सुरु भएको गौघाट ग्रीन रन कर्णालीको जुम्लाका युवकराज र बाँकेको कोहलपुरकी दीपशीखा च्याम्पियन बनेका हुन् ।
खजुरा पालिकाको सितापुरमा भएको पाँच किलोमिटर खुला पुरुषतर्फ नरैनापुरका अरविन्द कुमार याद दोस्रो र जुम्लाका यमराज खत्री तृतीय भए । खुला छात्रा २.५ किमीमा कोहलपुरकी दीपशीखा प्रथम हुँदा, कोहलपुरकी स्वस्तिका शाही र बर्दियाकी राधा सुनार तृतीय भए ।
खजुरापालिका स्तरीय पाँच किलोमिटर छात्रतर्फ ज्ञानोदय उच्च माविका धनिराम खटिक प्रथम, जनता उच्च माविका निकेस खत्री दोस्रो र अमर माविका युसुफ विक तृतीय भए । त्यसैगरी छात्रा २.५ किमीमा अमर माविकी विनिसा एलजी पहिलो, योगिनी माविकी प्रशंसा विसी दोस्रो र अमर माविका विनिता पुलामी तेस्रो भए । विजयी खेलाडीलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरन गौतम, मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान, केएल दुगड ग्रुपका सिईओ प्रदीप छाजेड, वडा अध्यक्ष धनरामओली, वल्र्ड क्लास धावक केन्याका जोन केलाईले नगद तथा पदक वितरण गरे ।
कार्यक्रममा धारा नेपालगन्ज म्याराथनका सदभावना दुत मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधानले प्रकृतिलाई पहिलो गुरु मान्नुपर्ने धारणा राखिन् । सबै मिलेर प्रकृति जोगाउन सके मात्र मानव अस्तित्व जोगिने उनको भनाइथियो । ‘दौडले समाजलाई जोड्छ, स्वस्थ राख्छ । ’श्रृच्छाले भनिन्¬‘आजैदेखि सबैले प्लास्टिक प्रयोगलाई निरुत्साहित गर्न तर्फ लागौं, स्वस्थ समाज निर्माण गरौं ।’ सोमवारमात्र श्रृच्छा र कमनवेल्थ गेम्स २०१०का स्वर्ण पदक विजेता केन्याका जोनलाई धारा नेपालगन्ज म्याराथनको सदभावनादुत नियुक्त गरिएको थियो ।
कार्यक्रममा खजुरा पालिका अध्यक्ष डम्बर विकले जागरण फैलाउने उद्देश्यले आयोजित ग्रीन रनले ठुला सेलिब्रिटीमार्फत सन्देश फैलाउन सफल भएकोमा पालिकाले सहकार्य गर्ने प्रतिबद्धता जनाए । त्यस्तै लुम्बिनी प्रदेशका सदस्य सचिव गौतमले समेत पृथक अवधारणाको दौडले समाजलाई शान्ति, एकता र सदभावको मालामा जोड्ने बताए ।
विश्व रनिङको साझा संस्था एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस (एम्स)बाट प्रमाणीकरण रुट भएको धारा नेपालगन्ज म्याराथनको ११औं संस्करण यही मंसिर ६ गते शनिवार हुनेछ । यसका लागि दर्ता खुला गरिसकिएको छ ।

Back
WhatsApp