Logo
RANGASHALA NEWS
BREAKING NEWS
No breaking news available
Nepal Flag
Cricket
Cricket

नेपाल आइसीसी ट्वान्टी-२० विश्वकपमा छनोट

February 01, 2025

नेपालले अर्को वर्ष भारत र श्रीलंकाले संयुक्त रुपमा आयोजना गर्ने ट्वान्टी-२० आइसीसी विश्वकपको १०औं संस्करणमा स्थान सुरक्षित गरेको छ ।

बुधबार सुपर सिक्सको खेलमा युएईले सोमाओविरुद्ध ७७ रनको फराकिलाे जित निकालेसँगै नेपाल लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न सफल भएको हो । नेपालले दुई खेल अगावै विश्वकपमा स्थान बनायाे ।

गणितीय समीकरण अनुसार यदि सामोआले युएईलाई हराएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अंकको आवश्यकता रहन्थ्यो । तर, खेल युएईको पक्षमा गएसँगै नेपाललाई फाइदा पुगेको हो ।

यो नतिजासँगै ओमानले पनि विश्वकपमा स्थान पक्का गरेको छ । बुधबारै सम्पन्न अर्को खेलमा कतारले जापानलाई तीन विकेटले हराएको थियो ।

नेपाल र ओमानले हाल तीन खेलबाट ६ अंक जोडेका छन् । युएईको चार अंक रहँदा जापान र कतारको समान दुई अंक छ ।

अब अन्तिम खेलमा युएईले जापानको सामना गर्दैछ । यो खेलले विश्कपमा पुग्ने तेस्रो टोलीको टुंगो लगाउने छ ।

बुधबार नेपालले सुपर सिक्सको आफ्नो तेस्रो खेलमा ओमानसँग खेल्नेछ । अब नेपालको उद्देश्य भनेको अपराजित रहँदै उपाधि उचाल्नु हुनेछ ।

Back
WhatsApp