Logo
RANGASHALA NEWS
BREAKING NEWS
No breaking news available
Nepal Flag

एनपिएलका उत्कृष्ट तीन जनालाई पल्सर मोटरसाइल

October 30, 2025

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा बजाज पल्सर जोडिएको छ । एनपिएलमा उत्कृष्ट विधामा तीन खेलाडीलाई बजाजले पल्सर मोटरसाइल उपलब्ध गराउने भएको हो । जसका लागि बजाजले नेपाल क्रिकेट सङ्घ (क्यान) सँग सम्झौता गरेको छ । सम्झौता पत्रमा गोल्छा ग्रुपका निर्देशक अभिमन्यू गोल्छा र क्यानका सचिव पारस खड्काले हस्ताक्षर गर्नुभयो । सम्झौताअनुसार पल्सरले सर्वाधिक रन बनाउने, विकेट लिने र सर्वोत्कृष्ट उदीयमान खेलाडीलाई नयाँ १६० सिसी बाइकबाट पुरस्कृत गर्नेछ । दोस्रो संस्करणको एनपिएल आगामी मङ्सिर १ देखि २७ गतेसम्म हुँदैछ ।

Back to news
WhatsApp