December 14, 2025
रश्मिकुमारी घिसिङको गोलमा नेपाल एपिएफ क्लबले साफ महिला क्लब च्याम्पियनसिपमा कराँची सिटी फुटबल क्लबलाई १–० ले पराजित गरेको छ । आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा रश्मीले ५२औं मिनेटमा मिडफिल्डर रेनुका नगरकोटीको पासलाई सदुपयोग गर्नु भएको थियो । राइट साइडबाट रेनुकाको क्रसलाई पेनाल्टी बक्सभित्र रहेकी रश्मीले हेडरमार्फत बललाई पहिलो बारको जाली चुमाईन् । जितसँगै एपिएफ फाइनलको नजिक पुगेको छ । हारसँगै कराँची प्रतियोगिताको फाइनल समीकरणबाट बाहिरिएको छ ।
Back to news